• २०८३ बैशाख ८ मंगलबार

दोस्रो सन्तान जन्माउदै दीपिका र रणवीर

दोस्रो सन्तान जन्माउदै दीपिका र रणवीर

काठमाडौँ । बलिवुड अभिनेत्री दीपिका पादुकोणले दोस्रो सन्तानको अपेक्षा गरिरहेको जानकारी सार्वजनिक गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देशसहित यो खबर साझा गरेकी हुन् । सार्वजनिक गरिएको तस्वीरमा उनकी छोरी दुआले गर्भ परीक्षण उपकरण समातेको देखिन्छ ।

दीपिकाले तस्वीरसँग कुनै शब्द प्रयोग नगरी केवल नजर नलागोस् भन्ने संकेत दिने चिन्ह राखेकी छन् । उक्त पोस्ट सार्वजनिक भएको केही समयमै दर्शक तथा चलचित्र क्षेत्रका व्यक्तिहरूले बधाई सन्देश दिएका छन् ।

दीपिका र रणवीर सिंह लामो समयदेखि चर्चित जोडीका रूपमा परिचित छन् । उनीहरूले सन् २०१८ मा इटालीको लेक कोमोमा दुई दिने विशेष समारोहबीच विवाह गरेका थिए । विवाहमा दुवै परिवारका परम्परा समेटिएका थिए ।

यो जोडीको सन् २०२४ मा पहिलो सन्तान छोरीको जन्म भएको थियो । पछि उनीहरूले छोरीको नाम ‘दुआ पादुकोण सिंह’ राखेको सार्वजनिक गरेका थिए, जसको अर्थ प्रार्थना हुन्छ ।

अहिले दोस्रो सन्तानको खबरसँगै उनीहरूको परिवारमा नयाँ खुशी थपिएको छ ।

व्यवसायिक रुपमा रणवीर सिंहको धुरन्धर र धुरन्धर-२ ले बलिवुडका अहिलेसम्मकै सबै रेकर्ड तोडेको छ भने दीपिका भने पहिलो बच्चा देखि नै फिल्ममा त्यति सक्रिय रहेकी छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै