काठमाडौँ । काठमाडौँको स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ ।
यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षिया महिलाको ठेगाना खुलेको छैन । उनको अवस्था सामान्य छ । ७० वर्षका पुरुषको ठेगाना लमजुङ हो भने उनको अवस्था पनि सामान्य नै छ । ५५ वर्षका पुरुषको घर नुवाकोट हो भने उनको हातमा चोट छ ।
यसअघि पशुपति क्षेत्रबाट ६ जना, कालीमाटीबाट २ जना, टेकुबाट १ जनालाई उद्धार गरिसकिएको छ ।
काठमाडौँलाई सडक आश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरुको सहभागिताका सडकमा रहेका विरामी, मानसिक तथा शारीरिक रुपमा अशक्त, वेवारिसे व्यक्तिहरुलाई उद्धार गरिरहेको छ ।









