• २०८३ बैशाख ८ मंगलबार

घुस मुद्दामा बयान फेरेको आरोपमा निर्माण व्यवसायीविरुद्ध मुद्धा दायर

घुस मुद्दामा बयान फेरेको आरोपमा निर्माण व्यवसायीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दामा बयान फेरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार काभ्रेको बनेपा नगरपालिका–३ का हिमाल तराई कन्सट्रक्सनका सञ्चालक राजमान तामाङले यसअघि अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेका थिए । सोही आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

यसअघि नेपाल सरकारविरुद्ध चन्द्रबहादुर अधिकारीसमेत संलग्न घुस प्रकरणमा तामाङलाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो । अनुसन्धानमा सहयोग गरेकाले उनलाई सजाय छुट दिइएको थियो । तर, विशेष अदालतमा उनले दिएको बयान अनुसन्धानका तथ्यसँग मेल नखाने देखिएको आयोगले जनाएको छ ।

अनुसन्धानबाट नेपाल बैंकसँग सम्बन्धित ऋण मिलाइदिने नाममा पाँच लाख रुपैयाँ घुस लेनदेन भएको तथ्य खुलेको आयोगको दाबी छ । उक्त रकमसम्बन्धी चेक पनि बरामद भएको उल्लेख गरिएको छ ।

आयोगले तामाङले गैरकानुनी लाभ लिन सहयोग गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसारकारबाहीको माग गरेको छ । पाँच लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुस रकम जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै