• २०८३ बैशाख १० बिहीबार

नेप्से १७ अंकले घट्यो, ५ अर्ब ९ करोडको कारोबार

नेप्से १७ अंकले घट्यो, ५ अर्ब ९ करोडको कारोबार

काठमाडौँ । नेप्से आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४८ कम्पनिका एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ मा कारोबार भएको थियो । आज उत्पादन, म्युचुअल फण्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर शेयरमा १४.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सुर्यकुण्ड हाइड्रोको शेयर ११.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको ३०  करोड ४२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको २६ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै