• २०८३ बैशाख २३ बुधबार

चलचित्र 'लालीबजार' को रिलिजको बाटो खुल्यो

चलचित्र 'लालीबजार' को रिलिजको बाटो खुल्यो

काठमाडौँ । चलचित्र 'लालीबजार' को रिलिजको बाटो खुलेको छ ।

बुधबार उच्च अदालत पाटनका  न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै चलचित्र लालीबजारको रिलिजको बाटो खुलेको हो ।

यसअघि वैशाख १५ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त सिनेमा तत्काललाई प्रदर्शन नगर्न आदेश दिएको थियो । उक्त आदेशलाई अब निरन्तरता दिइरहन नपर्ने आदेश दिएको छ । बैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको समयमा सो अल्पकालीन अन्तरिम आदेशका कारण प्रदर्शन रोकिएको थियो ।  

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै