काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।
जारी सिरिजको पहिलो खेलमा स्कटल्याण्डले खेलेका ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले नेपाल र अमेरिकालाई पराजित गरेको थियो भने पछिल्लो खेलमा नेपालसँग पराजित भएको थियो । त्यस्तै अमेरिकाले भने यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।
एकदिवसीय खेलमा अमेरिका र स्कटल्याण्ड अहिलेसम्म ९ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ६ र अमेरिकाले ३ खेल जितेका छन् ।
जारी विश्वकप डिभिजन लिग- २ मा हाल स्कटल्याण्ड ३१ खेलमा ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अमेरिका २६ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यस सिरिज अन्तर्गत अब अर्को खेल मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।









