• २०८३ जेठ ८ शुक्रबार

काभा महिला भलिबलको पहिलो खेलमा नेपाल भारतसँग पराजित

काभा महिला भलिबलको पहिलो खेलमा नेपाल भारतसँग पराजित

काठमाडौं । नेपालले काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा भारतसँग हार बेहोरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको हो ।

नेपालले पहिलो सेट २५-२१ जितेर सुखद शुरुवात गरेपनि त्यसपछिका दुवै सेट २५-२० र २५-१९ जित्त्दै भारतले खेलमा पुनरागमन गरेको  थियो । त्यसपछि चौथो सेट नेपालले पनि पुनरागमन गर्दै २५-२१ ले जिते निकालेको थियो । त्यसपछि भएको निर्णायक पाँचौं सेटमा नेपाल १५- ९ ले पराजित भयो र खेल भारतले जित्यो ।

यो प्रतियोगिता एफआईभीबी र्‍याङ्किङ प्रतियोगिता भएको कारण वरियताको लागि पनि यो प्रतियोगिता सबै टिमको लागि महत्वपूर्ण रहनेछ।

प्रतियोगितामा आयोजक नेपाल र भारतसँगै किर्गिजस्तान र माल्दिभ्ससँग पुल ‘ए’ मा रहेका छन् भने श्रीलंका, बङ्गलादेश, इरान र काजकिस्तान पुल ‘बी’ मा छन् ।

नेपालले अब दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै