ललितपुर। भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंकबीच उपचार सेवा आदान–प्रदानका विषयमा सम्झौता भएको छ ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैंकका डेपुटि सिइओ समीर बज्रचार्यले मंगलबार एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब बैंकका कर्मचारी र सेवाग्राहिले नेपाल मेडिसिटीबाट उपचार सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । एससिटि, युनियन पे, डेबिट-क्रेडिट कार्डका उपझोक्ताले यस छुटको अवसरलाई सदुपयोग गर्न पाउने भएका छन् ।
अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकभर ७२ शाखा कार्यालय रहेको गण्डकी विकास बैंकसँगको सहकार्यमा स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जानकारी गराए।
त्यस्तै, बैंकका डेपुटि सिइओ समीर बज्रचार्यले नेपाल मेडिसिटीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । देशमै सम्पूर्ण उपचार सम्भव भएकाले नेपालीले गुणस्तरिय उपचारकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएकोले बैंकले साथ दिने उनले बताए ।