• २०८१ बैशाख १६ आइतबार

मेडिसिटी बयोधा हस्पिटलद्वारा ४ दिनसम्म वीरगंजमा निःशुल्क स्वास्थ्य परीक्षण

kharibot

काठमाडौँ । वीरगन्जको घडिअर्वा पोखरीमा करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ ।  आगामी २९ सेप्टेम्बर बिहिबारका दिन विश्व मुटु दिवस भब्य रुपमा मनाउने क्रममा आइतबारदेखि ४ दिनसम्म नेपाल मेडिसिटी बयोधा हस्पिटल, वीरगंजमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । 

मानिसहरुको जीवनशैली, खानपान तथा ब्यस्तताका कारणबाट मुटु सम्बन्धी समस्याहरु बढीरहेकोले आफूले जनचेतना अभिबृद्धिका लागि मुटु परीक्षण गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए । 

आइतबार अडिअर्वा पोखरी र भोलि देखि गहवा माईस्थानमा विहान ६ बजेदेखि सर्वसाधारणहरुको मुटुरोग परीक्षण गरिएको र कसैलाई मुटुमा समस्या देखिएमा थप उपचारका लागि मुटुरोग विशेषज्ञहरुलाई परामर्श दिने समेत कार्यक्रम रहेको रिमालले जानकारी दिए । 

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा हस्पिटलकी मुटुरोग विशेषज्ञ डा. राधा भट्टराईले यस वर्ष आफूहरुले बीरगंजका सर्वसाधारणहरुको मुटुको अवस्थाका बारेमा जानकारी लिने, बालबालिकाहरुमा देखिने मुटुको बाथरोगको परीक्षण गर्ने, बीरगंजमा मुटु रोगका अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्ने लगायतका योजना रहेकोले सबै सर्वसाधारणहरुले मुटु परीक्षण कार्यक्रममा सरिक हुनुपर्ने बताए । 

नेपाल मेडिसिटी बयोधा हस्पिटलले आगामी २९ सेप्टेम्बर २०२२ विहान ६ बजे वीरगंजको घन्टाघरदेखि नेपाल मेडिसिटी बयोधा हस्पिटलसम्म म्याराथुन र सोही समयमा घन्टाघर देखि नारायणी उपक्षेत्रीय अस्पताल सम्म वाकाथनको कार्यक्रम रहेको विश्व मुटु दिवस कार्यक्रमका संयोजक जितेश दासले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै