• २०८१ बैशाख १५ शनिबार

मेडिसिटीद्वारा यती एयरलाइन्सका पाइलट र क्याबिन क्रूलाई प्रि-हस्पिटल केयर प्रशिक्षण

kharibot

ललितपुर । नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्य कार्यान्वयनमा आएसँगै अस्पतालमा पाइलट र क्याबिन क्रू तथा प्रशासनिक कर्मचारीहरुलाई प्रि-हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरिएको छ  । 

नेपाल मेडिसिटीका प्रि-हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारीले प्रशिक्षण प्रदान गरेको कार्यक्रममा यती तथा तारा एयरका १५ जना कर्मचारी सहभागी रहेका थिए ।

देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्नेक्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो । 

हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट  एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालीन  उद्धार उडान गर्न समेत सहज हुने भएको हो । 

द्विपक्षिय सम्झौताको कार्यान्वयनसँगै यती तथा ताराका कर्मचारीहरु त्था स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् । 

देशैभरका नागरिक सम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यती एयरलाइन्ससँगको यस सम्झौताले विशेष भूमिका खेल्न सक्ने आशा राखिएको छ । आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती तथा तारा एअरलाईन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै