काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र बागमती प्रदेशमा २-२ जना तथा गण्डकी र कर्णाली प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना, कोशी प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँमा २४ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ३ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ११ जना घाइते भएका छन् भने लुम्बिनीमा ३ जना घाइते भएका छन् ।









