• २०८३ असार १ सोमबार

सुदूरपश्चिमको बजेटमा सत्ता साझेदार दलबीच विवाद

सुदूरपश्चिमको बजेटमा सत्ता साझेदार दलबीच विवाद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । 

बजेटका विषयमा सत्ता गठबन्धन दलबीच विवाद देखिएको छ । आइतबार आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश गरिरहदा सत्ता साझेदार नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहित एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले बैठक बहिस्कार गरेका थिए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार वृद्धि गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८२-८३ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सभामा आज अपराह्न बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । यसैबीच, केही दिनअघि मन्त्रिपरिषद् पुनर्गठन हुँदा आर्थिक मामिला मन्त्रालयसहित तीन मन्त्रालयमा मन्त्री परिवर्तन भएका थिए । आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका विक्रमसिंह धामीले बजेटका केही प्राथमिकता र कार्यक्रम पुनरावलोकन गरेका छन् । 

संविधानअनुसार संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेका कारण आज प्रदेशहरुले बजेट ल्याउने तयारी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै