काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।
यी तीनै विधेयक मंगलबार प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।









