• २०८३ असार ३१ बुधबार

सुदूरपश्चिममा एमालेका सबै मन्त्री बर्खास्त

सुदूरपश्चिममा एमालेका सबै मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरू भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त् निर्मला साउदलाई शाहले बर्खास्त गरेका छन् ।

यसअघि मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई बजेट पारित गर्न सहयोग गर्न या राजीनामा दिन भनेपछि बैठकबाट बाहिरिएका थिए ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयलाई लिएर सत्ता गठबन्धनभित्र मतभेद बढिरहेका बेला मुख्यमन्त्रीको कदमपछि सरकार बारे अन्योलता बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै