• २०८३ श्रावण १ शुक्रबार

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री शिशिर खनालले स्वागत गरेका थिए । उक्त अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालस्थित कतारका महामहिम राजदूत मिशाल मोहम्मद अली अल अन्सारी तथा अन्य उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार ३१ गते बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर महामहिम शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना प्रकट गर्न असार ३० गते मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै