काठमाडौँ । संखुवासभाको चैनपुर नगरपालिका –०७ घर भई हाल मादी नगरपालिका –०४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नै ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।
घटनामा प्रयोग गरिएको खुकुरी सहित अमरबहादुर सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।









