काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा २ जनाको मृत्यु भएको छ भने मधेश, बागमती, लुम्बिनी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् भने लुम्बिनीमा ३५ जना, सुदूरपश्चिममा २ जना, बागमतीमा ५ जना र कर्णालीमा ३ घाइते भएका छन् ।









