• २०८१ बैशाख १६ आइतबार

देशको नयाँ संहिता (कविता)

kharibot

विज्ञान दाहाल 

झरी परेर निध्रुक्क भएको बेला 
देशमा जंगे युग समाप्त भयो 
अर्थात देशले नयाँ संहिता पायो.....!

सोच्दै छु, चेलीको आर्तनादनमा
यो संहिता मल्हम बन्छ कि बन्दैन,
कि यो हिमनदी जस्तै बगिरहन्छ,
बेपर्वाह,रोग,भोक र शोक गर्भमा बोकेर..!!

राष्ट्रको जीवनमा हर उचाई 
सगरमाथा मात्र हुंदैन,
कहिले काहीं ती उचाईहरु मकालु,
धौलागिरी र कञ्चनजंघा पनि बनिदिन्छन 
यो वेगमा ,एउटा उचाई बनेर 
देशले  कानुनका नयाँ बर्खे इतिहास रच्यो 
यो ईतिहासमा पर्दा पछाडीको मेरो सभ्यता,
मेरो आदर्श र मेरो दुर्दिनहरुको कति मुल्य हुन्छ।

आज फुत्किरहेको बन्धन 
दगुरीरहेको लोकतन्त्र,
र हाँस्दैखेल्दै गरेको गणतन्त्रको रथी को हो ? 
संहिता,सभ्यता वा हाम्रो दर्शन ...?
यसरी एउटा दुस्पप्न ,
स्वतन्त्रताले सिमा नाघेपछी सुरु हुन्छ ।

पर्खिरहेछु,
एउटा अन्त्यको कारक भएर 
यो संहिताको, कुन शब्दको भाग्य चम्किन्छ ? 
त्यती खेर हृदयहरु उत्सवको तयारीमा 
पर्खिरहेका हुनेछन । 

-विज्ञान दाहाल 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै