• २०८३ श्रावण ५ मंगलबार

नेप्से ४१.७० अंकले बढ्यो, ५ अर्ब ५१ करोडको कारोबार

नेप्से ४१.७० अंकले बढ्यो, ५ अर्ब ५१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४३ कम्पनिका एक करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९७ ले बढेको छ भने रिज लाइन इनर्जीको शेयर १४.६४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर ६.८६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २९ करोड १५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २४ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै