• २०८३ श्रावण ६ बुधबार

कांग्रेसले 'मानव सहायता कल्याण कोष’ मार्फत विस्थापित सुकुमवासी परिवारलाई सहयोग गर्ने

कांग्रेसले 'मानव सहायता कल्याण कोष’ मार्फत विस्थापित सुकुमवासी परिवारलाई सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । 

बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा बोल्दै कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको घोषणा गरेका हुन् ।

सभापति थापाले कोषयमा हाल १० लाख रुपैयाँ जम्मा भएको जानकारी दिदै सो रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र उनीहरूका बालबालिकाको शिक्षामा सहयोग गर्न खर्च गरिने बताए ।

उनले कोषको रकम परिचालन नेपाल महिला संघ मार्फत हुने बताउदै महिला संघका प्रतिनिधिहरू प्रभावित बस्तीमा पुगेर आवश्यकताको पहिचान गर्ने र सहयोग वितरण गर्ने बताए ।

कार्यक्रममा सहभागीको संख्या अपेक्षाभन्दा बढी हुँदा व्यवस्थापन राम्रो नभएको गुनासोप्रति सभापति थापाले कमजोरी स्वीकार गर्दै आगामी कार्यक्रमलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै