• २०८३ श्रावण ७ बिहीबार

नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै

नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्ने भएको छ ।

सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।

नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा पहिलो खेल खेल्दैछ । 

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ५ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ३ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ ।  पछिल्लो पटक दुवै देशबीच २०२५ जुनमा खेल भएको थियो र सो खेल नेपालले १६ रनले जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै