काठमाडौँ। फेन्च लिग वानमा पिएसजीले दोस्रो खेलमा शानदार जित हासिल गरेको छ। शनिबार भएको खेलमा पिएसजीले गुइनगाम्पलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने नेइमारले एक गोल गरेका छन्। गुइनगाम्पका लागि नोलान रोउक्सले एक गोल गरेका थिए।
यस सिजनमा खेलेको २ खेलमा दुवैमा विजयी भएर पिएसजीले सिजनको उत्कृष्ट सुरुवात गरेको छ। साथै एम्बाप्पेले विश्वकप पछि पहिलो पटक क्लब खेलमा खेल्दै दुई गोल गरेका छन्। एम्बाप्पे पछिल्ला ४५ खेलमा लिग वानमा ३० गोल गरेर २० बर्षभन्दा कम उमेरमा लिग वानमा ३० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
त्यस्तै नेइमारले यस खेलमा एक गोल गरे भने एक गोल असिस्ट गरेका थिए।