• २०८३ श्रावण १३ बुधबार

मुग्लिन–नारायणगढ सडकमा आज राति सवारी आवागमन बन्द हुने

मुग्लिन–नारायणगढ सडकमा आज राति सवारी आवागमन बन्द हुने

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा निरन्तर सुख्खा पहिरो खसिरहेकाले आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, चितवनले मंगलबार सूचना जारी गर्दै मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको र पहिरो खस्ने क्रम अझै जारी रहेकाले मानवीय जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।

प्रशासनका अनुसार यो निर्णय आज साउन १२ गते राति ८ बजेदेखि भोलि साउन १३ गते बिहान ५ बजेसम्म लागू हुनेछ। उक्त अवधिमा मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै चल्ने सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै थप सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र तथा जिल्ला प्रहरी कार्यालय चितवनसँग सम्पर्क गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै