• २०८३ श्रावण १२ मंगलबार

सुनसरी घटनाबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

सुनसरी घटनाबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोलि बिहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।

पार्टीका अनुसार बैठक बिहान ८ बजे प्रतिनिधिसभाको लेखा समितिको बैठक कक्षमा बस्नेछ । छलफलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र चन्द्रकान्त (सीके) राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ ।

सभापतिको सचिवालयका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिसकिएको छ । साथै सभापति लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं टेलिफोनमार्फत सम्पर्क गरेर बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सुनसरीको अत्यन्तै संवेदनशील र दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै बैठक आयोजना गरिएको बताएका छन् ।

उनका अनुसार प्रशासनले सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई कायम राख्न प्रयास गरिरहेको वर्तमान अवस्थामा राजनीतिक दलहरूबाट पनि साझा सन्देश र अपिल आवश्यक रहेको ठहर गर्दै सर्वदलीय छलफलको आयोजना गरिएको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै