• २०८३ श्रावण १४ बिहीबार

महिला कबड्डी टिमले एसियाली खेलकुदको प्रशिक्षण भारतको हरियाणामा गर्ने

महिला कबड्डी टिमले एसियाली खेलकुदको प्रशिक्षण भारतको हरियाणामा गर्ने

काठमाडौँ । नेपाली महिला कबड्डी टिमले जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको हरियाणामा गर्ने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले भारत प्रस्थान गर्न लागेको महिला कबड्डी टिमको एक कार्यक्रमका बीच बिदाइ गरेका छन् ।

महिला कबड्डी टिममा कप्तान मानमती विष्टसहित जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन् । टोलीका मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक लोकबहादुर विष्ट तथा व्यवस्थापक शरद दर्शनधारी रहेका छन्। 

टिमले हरियाणामा विशेष तयारी प्रशिक्षण गर्दै आगामी एसियाली खेलकुदका लागि आफ्नो तयारीलाई थप मजबुत बनाउनेछ ।

नेपाली महिला कबड्डी टोलीले चीनको हाङझावमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जित्दै नेपाली खेलकुद इतिहासमा नयाँ कीर्तिमान कायम गरेको थियो । अब जापानमा हुने २०औँ एसियाली खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयारीमा जुटेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै