• २०८३ श्रावण १४ बिहीबार

वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा

वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम साउन १४ गते साँझ ५ बजेदेखि साउन १५ गते बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।

निषेधाज्ञा अवधिमा तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, भेला गर्न, सभा आयोजना गर्न, जुलुस निकाल्न तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार निषेधाज्ञा पूर्वतर्फ प्रतिमा चोक र बसपार्क बाइपास सडक, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शङ्कराचार्य गेटसम्मको क्षेत्रमा लागू हुनेछ।

जिल्ला प्रशासन कार्यालयले आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै