• २०८१ बैशाख २४ सोमबार

डिस होमले ल्यायो “डिस होम फ्री अफर ”

kharibot

काठमाडौँ।  एक मात्र स्याटलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ “डिस होम फ्री अफर ” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । 

यो योजना २०७५ भाद्र १ गते सुरु भई सिमित अवधिको लागी लागु हुनेछ । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको छ । 

डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ । 

२००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय एबथ पे टिभी सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोम केहि समय अगाडि पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै