• २०८३ श्रावण २५ सोमबार

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले बिहान ३ः१५ बजे उनलाई मृत घोषणा गरेका थिए।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । घटनापछि प्रहरीले बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै