सुर्खेतको जङ्गलमा दुई वृद्ध मृत फेला

खरीबोट

सुर्खेत । यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते उपचार गरी फर्केको र २ गते अपराह्न ४ बजेतिर सो नगरपालिकाको आँखा रिग्ने भन्ने जङ्गलमा मृत भेटिएको उनले बताए ।

उनका अनुसार नाम बतन नभएका मृतकको प्रहरी मुचुल्कापश्चात् शव परीक्षणका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । दुवै जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकद्वारा कर्णालीको प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना 

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा

सुर्खेतबाट हराएका बालिका बुटवलमा भेटिए

सुर्खेत। छ दिनदेखि सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका आइतबार बुटवलमा भेटिएका छन् ।  नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा सिंह, सोही कक्षामा अध्ययनरत

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन  

सुर्खेत। सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।  हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५

उत्खनन शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा

सुर्खेत । इजाजत अनुमतिपत्र (लाइसेन्स) पाएको एक दशकसम्म चुनढुङ्गा उत्खनन कार्य शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा परेको छ । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट


z