• २०८१ बैशाख १५ शनिबार

पाँच वर्षसम्म सडक नबनेपछि स्थानीयले निकाले विरोध र्‍याली

kharibot

सुर्खेत । मङ्गलगढी-काँक्रेविहार सडक स्तरोन्नतिको काम रोकिएपछि यहाँका स्थानीयले प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध र्‍याली निकालेका छन् ।

लाटीकोइली युवा समाजको अगुवाइ र स्थानीयको सहभागितामा आज लाटिकाइलीबाट वीरेन्द्रचोक हुँदै मङ्गलगढीसम्म सरोकारवालाको ध्यानाकर्षण गर्दै दबाबमूलक विरोध र्‍याली निकालिएको हो । 

सडक कालोपत्र  सुरु नगरी निर्माण कम्पनी  सम्पर्कविहीन भएपछि विरोध र्‍याली निकालिएको समाजका सदस्य थोमस गौतमले बताए । अठार महिनाभित्र सक्ने गरी काम सुरु भए पनि पाँच वर्षसम्म सडक निर्माण नहुँदा विरोध र्‍याली निकालिएको उनको भनाइ छ । 

कालोपत्रको काम बीचैमा छाडेर ठेकेदार भागेपछि धुलोले घरमा बस्न नसकिने अवस्था भएको स्थानीय दिलबहादुर महताराले बताए । सडक स्तरोन्नतिका लागि रु १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले ठेक्का पाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै