• २०८३ श्रावण २६ मंगलबार

राष्ट्रिय भेला स्थगित भएको छैन, नक्कली विज्ञप्ति जारी गरियो- मीन विश्वकर्मा

राष्ट्रिय भेला स्थगित भएको छैन, नक्कली विज्ञप्ति जारी गरियो- मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको राष्ट्रिय भेला तोकिएको मितिमै हुने बताएका छन् ।

विश्वकर्माले सामाजिक सञ्जालमार्फत राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने निश्चित रहेको भन्दै कुनै पनि भ्रममा नपर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवा साउन २८ गते दिउँसो १२ बजे स्वदेश फर्किएर भेलालाई सम्बोधन गर्ने कार्यक्रम तथा अदालतबाट मुद्दा पुनरावलोकनको अनुमति प्राप्त भइसकेको अवस्थामा केही व्यक्तिले डर र हतास मनस्थितिमा भेला स्थगित भएको भन्दै गलत सूचना फैलाएको आरोप लगाएका छन् ।

विश्वकर्माले संयोजकको किर्ते हस्ताक्षर प्रयोग गरी तथाकथित तथा नक्कली विज्ञप्ति जारी गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले यस्ता गतिविधि नगर्न र नगराउनसमेत चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै