• २०८३ श्रावण २८ बिहीबार

किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघले धर्ना दिदै

किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघले धर्ना दिदै

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले धर्ना दिने भएको छ । महासंघले बिहीबार बिहान ९ बजे भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा धर्ना दिने कार्यक्रम तय गरेको हो । 

वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिका जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठको रिहाईको माग गर्दै प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई धर्नामा सहभागी हुन आह्वान गरिएको छ । 

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउन पत्रकार तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै