• २०८३ श्रावण २८ बिहीबार

स्वदेश फर्किए देउवा

स्वदेश फर्किए देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । 

गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा गत चैत्रमा हङकङ पुगेका थिए । 

देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस संस्थापन इतर पक्षका नेता कार्यकर्ताले स्वागत गरेका छन् । कांग्रेसको संस्थापन इतर समूहका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेर चुनदेवी निवाससम्म पुर्याउने बताइएको छ । 

विमानस्थलमा पूर्णबहादुर खडका, कृष्ण प्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाश शरण महत, एनपी साउद, दिपक खड्कालगायतका नेताहरु पुगेका छन् । विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. शशांक कोइरालाले आफुहरुको सभापति देउवा नै भएको बताएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै