• २०८३ भदौ ७ आइतबार

सन्तोषीले जितिन् कांस्य पदक, कुमालको राष्ट्रिय किर्तिमान

सन्तोषीले जितिन् कांस्य पदक, कुमालको राष्ट्रिय किर्तिमान

काठमाडौँ । नेपाली धाविका सन्तोषी श्रेष्ठले भारतको ओडिसामा आयोजित विश्व एथलेटिक्स महादेशीय भ्रमणअन्तर्गत रजतस्तरको प्रतियोगितामा कांस्य पदक जितेकी छन् ।

महिला ५ हजार मिटर दौड १७ मिनेट ३१.७५ सेकेन्डमा पूरा गर्दै सन्तोषीले कांस्य पदक जितेकी हुन् ।

यसै प्रतियोगितामा सोमबहादुर कुमालले ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै नाममा रहेको १ मिनेट ५०.२५ सेकेन्डको कीर्तिमान सुधार गर्दै १ मिनेट ४९.५५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै