सरकारको ६ महिने कार्यकाल असफल, भाषणबाहेक केही गरेन : लक्ष्मणलाल कर्ण

खरीबोट

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका सह–अध्यक्ष एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ६ महिने कार्यकालमा एउटापनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ओलीजीको ६ महिने कार्यकालमा भाषणमात्रै भयो । कुनैपनि राम्रो काम भएन । प्रधानमन्त्री र मन्त्रीहरुको काम नै भाषणमात्रै गर्ने देखियो । उहाँहरुको भाषण हेर्दा त नेपाल कहाँबाट कहाँ पुगिसक्योजस्तो लाग्छ । तर, काम केही पनि गरेको छैन ।’

साक्षात्कारमा बोल्दै उनले कुनै मन्त्रालयको काम, कृति ठिक ढंगको नभएको आरोप लगाए । उनले भने,‘गाउँभित्रका सडकहरु बनेका छन् ।  तर, गाउँ जोड्ने मूल सडकहरुको कन्तबिजोग छ । अरु त परै जाओेस मोटरसाईकलसमेत चल्न सकेको छैनन्।’ सरकारको ६ महिने कार्यकालबारे कामको मुल्यांकन गर्ने हो भने त जिरो नै रहेको उनको दाबी छ । 

फरक प्रसँगमा नेता कर्णले प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा गरेको भाषणलाई आफूहरुले वाहवाही नगर्ने स्पष्ट पारे । उनले भने,‘ओलीजीको भाषणमा हामीले वाहवाह गर्नुपर्दैन् । वाहवाही गर्नुपर्ने अवस्था छैन । ओलीले आश्वासनबाहेक अरु केहीपनि दिएनन् । संविधान संशोधनमा पनि उनले हामीलाई आश्वासन दिएका छन् । तर संविधान संशोधन गर्नको लागि कुनै चासो र गृहकार्य गरेको देखिँदैन् ।’

मधेश आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको बताउँदै उनले भने,‘अझैसम्मपनि मुद्दा फिर्ता गरिएको छैन । बन्दी रिहाई गरिएको छैन । तर प्रधानमन्त्रीले हामीसँग सहमति गर्नुभएको छ ।’

कर्णले संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्विकृत गरेका दिपकराज जोशी अब प्रधानन्यायाधीश बन्न सक्षम नरहेको पनि जिकिर गरे । उनले भने,‘जोशी अब प्रधानन्यायाधीश बन्न सक्षम छैनन् । तर उहाँले सर्वोच्च अदालतको न्यायाधीश भएर काम गर्न सक्नुहुन्छ । उहाँको ईच्छा भयो भने अदालतमा न्यायाधीश भएर काम गर्न पाउनुहुन्छ ।’
 

सम्बन्धित समाचार

राजपा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी यादवलाई

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्ष

प्रधानमन्त्री ओली र राजपा नेताहरुबीच भेटवार्ता 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुबीच छलफल भएको छ। भेटवार्तामा राजपाले उठाएका माग पूरा गर्न सात दिनको समय मागेको राजपाका नेताहरुले बताएका छन्।  राजपा अध्यक्ष

बलिवुड अभिनेता राजपाल यादवलाई तीन महिनाको जेल सजाय, दिल्लीबाट पक्राउ 

मुम्बई। बलिउडका चर्चित हास्य कलाकार राजपाल यादवलाई दिल्लीको उच्च अदालतले चेक बाउन्सको मुद्धामा ३ महिनाको जेल सजाय सुनाएको छ ।  राजपाल यादवले सन् २०१० मा फिल्म निर्माणका  लागि लिएको ५ करोडको

राजपाको अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो बनेका छन्।  मंगलबार बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टी संयोजकको जिम्मेवारी महतोलाई दिने निर्णय गरेको हो।   पार्टी केन्द्रीय कार्यालय


z