• २०८१ बैशाख १६ आइतबार

बलिउड अभिनेता राजपालविरुद्ध ‘धोकाधडी’को उजुरी

kharibot


मुम्बई । बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ ।

उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।

बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् ।

तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् ।

उनले आफूले पैसा माग्दा राजपाल वेपत्ता भएको आरोप लगाएका छन् । प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानबिन सुरु गरेको छ ।

प्रहरीले अभिनेताविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन भनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै