• २०८१ बैशाख १७ सोमबार

राउटेलाई पहिलो पटक समयमै भत्ता

kharibot

फाइल तस्बीर

दैलेख। राउटेले पहिलो पटक समयमै भत्ता पाएका छन् । 

गत साता गुराँस गाउँपालिकाले राउटेलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । गुराँस गाउँपालिका–८ गर्चास्थित पातले खोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो । 

राउटे समुदायका १५२ जनालाई सामाजिक सुरक्षा भत्ताबापत जनही रु दुई हजारका दरले रकम वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिए । “गाउँपालिकाले राउटेलाई पहिलो पटक मासिक भत्ता उपलब्ध गराएको हो,” उनले भने । फिरन्ते शैलीमा जीवनयापन गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले गत असार ३० गते परिचयपत्र वितरण गरेको थियो । परिचयपत्र वितरण गरेसँगै साउन महिनाको भत्ता उपलब्ध गराएको अध्यक्ष ओलीले बताए । 

“सरकारलाई धन्यवाद छ, हामीले मासिक भत्ता पाउन थाल्यौँ,” राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, “अब मेरा जनता खुशी हुने भए ।” खानेकुराको जोहो गर्न खर्च नहुँदा उधारोमा काम चलाएको उहाँले सुनाउनुभयो । “यो भत्ता पहिलाको उधारो तिर्नमै ठिक्क हुन्छ,” उहाँले भन्नुभयो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै