• २०८३ भदौ २० शनिबार

सगरमाथा स्मासर्सको लगातार दोस्रो जित, खप्तड फाल्कन्स सोझो सेटमा पराजित

सगरमाथा स्मासर्सको लगातार दोस्रो जित, खप्तड फाल्कन्स सोझो सेटमा पराजित

काठमाडौँ । जारी नेपाल भलिबल लिगमा सगरमाथा स्मासर्सले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा सगरमाथाले खप्तडलाई २५–१८, २५–१८ र २५–१९ ले हराएको हो ।

यो प्रतियोगितामा सगरमाथाको दोस्रो जित हो । यसअघि उसले मधेश वारियर्सलाई पराजित गरेको थियो । शनिबारकै अर्को खेलमा काठमाडौँ रेड्सले मधेश वारियर्सलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आइतबार कर्णाली शिवराज अन्नपूर्ण स्पाइकर्स र काठमाडौँ रेड्सबीच दिउँसो ४ बजे तथा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै