• २०८३ भदौ २१ आइतबार

पाकिस्तानले नेपालमा बाढी प्रभावितको सहयोगमा पठायो १०० टन राहत सामाग्री

पाकिस्तानले नेपालमा बाढी प्रभावितको सहयोगमा पठायो १०० टन राहत सामाग्री

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि पाकिस्तानले नेपालका प्रभावित नागरिकका लागि १०० टन मानवीय सहायता पठाएको छ ।

पाकिस्तानका विदेशमन्त्री इशाक डारले विपद्बाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै पाकिस्तान नेपालसँग ऐक्यबद्ध रहेको बताएका छन् ।

पाकिस्तानले पठाएको राहत सामग्रीमा पाल, कम्बल, चटाई, सरसफाइ सामग्री र औषधि रहेका छन् । डारले कठिन परिस्थितिमा नेपाललाई आवश्यक सबै सहयोग गर्न पाकिस्तान तयार रहेको बताएका छन् ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ९९६ जना अझै बेपत्ता छन् । बाढीका कारण घर, सडक तथा जलविद्युत् आयोजनासहित ठूलो भौतिक क्षति भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै