• २०८३ भदौ २४ बुधबार

गृहसचिव शर्माद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

गृहसचिव शर्माद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा शर्माले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक प्रयोगशाला र तथ्याङ्क केन्द्रको निरीक्षण गरेका थिए ।

उनले भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी तथा कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

शर्माले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा अनुसन्धान र कानुन कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै नागरिकको अपेक्षा सम्बोधन गर्दै अझ इमानदार, कर्तव्यनिष्ठ, व्यावसायिक र नागरिकमैत्री सेवा प्रवाह गर्न उनले निर्देशन दिएका थिए ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिवको निर्देशनप्रति आभार व्यक्त गर्दै भोटेकोशी बाढीमा बेपत्ता प्रहरी कर्मचारीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिए । उनले विपद् उद्धारका लागि प्रहरीलाई आवश्यक प्रविधि र स्रोतसाधन उपलब्ध गराउन गृह मन्त्रालयसँग आग्रह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै