• २०८३ भदौ २५ बिहीबार

उत्कृष्ट बलिङपछि नेपाल ओमानलाई हराउदै फाइनलमा

उत्कृष्ट बलिङपछि नेपाल ओमानलाई हराउदै फाइनलमा

काठमाडौं । नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको ओमानले २८.१ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाएको हो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशी र रोहित पौडेलले २-२ विकेट लिएका थिए । त्यस्तै ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए । त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३-३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए ।

यो जितपछि अब नेपालले शनिबार हुने फाइनलमा युएईको सामना गर्ने छ । यो प्रतियोगिता जित्ने टिम आगामी एशिया कप खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै