तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय चालक अजय थिङ घाइते भएका थिए।
उद्धार गरी प्रदेश अस्पताल दमौली पुर्याइएका थिङलाई चिकित्सकले बिहान ९ बजे मृत घोषणा गरेका थिए । ट्रकका सहचालकको घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









