• २०८१ बैशाख ८ शनिबार

ने क पाकै संगठनले भन्यो - सरकारले प्रेसको घाँटी रेट्यो, जनताको अधिकार कुण्ठित गर्यो

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा, आम नागरिकका संवैधानिक र राजनीतिक अधिकारका पक्षमा संघर्ष  गर्ने घोषणा गरेको छ ।

यही भदौ १ गते सरकारले लागु गरेको मुलुकी ऐनले नेपाली प्रेस र आम जनताको अधिकारलाई पूरै कुन्ठित पारेको बताएको हो । संगठनले खासगरी धारा २९३ देखि धारा ३०७ सम्मका प्राबधानहरुले नेपाली प्रेसको घाँटी रेट्ने काम गरेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ- “यसले खोज पत्रकारिताको हत्या गरेको छ । साथै सामान्य नागरिकको दैनिकीमाथि नै कठोर कानुन लादेर सरकारले निरंकुश चरित्र देखाएको छ । यसप्रति हाम्रो संगठन घोर आपत्ती व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने गरी ल्याइएका ती प्रावधानहरु खारेज गर्न माग गर्दछ ।”

संगठनले सरकारले कानुन मार्फत हरण गर्न खोजिएका जनअधिकार र स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भई संघर्षमा उत्रन आम श्रमजीवी पत्रकार, अधिकारकर्मी तथा स्वतन्त्रताका पक्षधर सबैमा आह्वान गरेको छ ।

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य

संगठनले प्रेस, विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप आफ्नो संगठनलाई स्वीकार्य नभएको बताएको छ। संगठनले श्रमजीवीका अधिकार आन्दोलनबाट मात्र रक्षा हुने बताउदै विगतबाट नेपाली प्रेसले व्यहोर्दै आएको अन्यायका विरुद्ध लड्न सबैमा आव्हान गरेको छ ।

“लोकतान्त्रिक भन्ने सरकारले पछिल्लो चरण स्थानीय स्तरमा जनतामाथि थोपरेको चर्को कर र केन्द्रमा मुलुकी ऐनका नयाँ संस्करणहरु ल्याएर घोर निरंकुशता थोपरेको यो सन्दर्भमा फेरि पनि सबै श्रमजीवीले नयाँ आन्दोलनको आवश्यकता महशुस गरेका छन्”, विज्ञप्तिमा भनिएको छ –  “श्रमजीवीका हितमा हाम्रो संगठन कुनै पनि खालको संघर्ष गर्न प्रतिवद्ध छ ।”

नेतृत्व चयन भएको भन्ने हल्ला निराधार 

यस्तै संगठनले केही व्यक्तिहरुले संगठनको बैठक बसेर पदाधिकारी चयन भएको भन्दै गरिएको हल्ला निराधार भएको बताएको छ ।

 “गत बैशाख १५ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य उद्घाटन गरी १६ र १७ गते नगर कोटमा बन्दशत्र गरिएको सर्वविदितै छ”, विज्ञप्तिमा भनिएको छ- “सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेपका कारण हामीले केन्द्रीय समितिको नाममात्र पारित गरी बाँकी पदाधिकारी केन्द्रीय समितिको पहिलो बैठकबाट चयन गर्ने गरी बन्दशत्र सम्पन्न गरेका थियौ ।”

संगठनले बन्द कोठाबाट कुत्षित मनसायले गरिने यस्ता हल्लाका पछि नलाग्न अनुरोध गर्दै अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर नगरकोट सम्मेलनको बाँकी प्रक्रियालाई पूरा गरी संगठनको नियमित काम कार्यमा अघि बढ्ने जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै