• २०८१ बैशाख १४ शुक्रबार

नयाँ मुलुकी ऐन प्रभाव : ६ दिनमै ९ सम्बन्धविच्छेद मुद्दा दर्ता

kharibot

चितवन / मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । 

चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गर्न पाउँदैनथे । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन नसकेमा त्यहाँको सिफारिशसहित अदालत आउनु पर्ने व्यवस्था थियो । 

पौडेलका अनुसार गत वर्ष ७०७ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकोमा छ वटा मात्रै पुरुषका तर्फबाट परेका थिए । जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठकका अनुसार ऐनले पुरुषलाई पनि महिलासरह सोझै अदालत जाने बाटो खोलिदिएको बताए । 

यसअघि ऐन बन्दा पुरुष महिलाबाट अन्यायमा पर्ने परिकल्पना गरिएको थिएन । संविधानमा भएको समानताको हकको व्यवस्थाअनुसार महिला र पुरुषलाई समान अधिकारको कानून बनेसँगै महिलासरह पुरुष पनि सोझै अदालत जान पाउने भएको उनले बता। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै