काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो क्वार्टरफाइनल खेल पनि भारी वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस खेलमा भारतले अफगानिस्तानको सामना गर्ने तयारी गरेको थियो । कोरोगी खेलकुद पार्कमा हुने भनिएको खेल लगातार वर्षाका कारण टससमेत नभई रद्द भएको थियो ।
भारतले अब सेमिफाइनलमा नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ ।
यसअघि आजै भएको पहिलो क्वार्टरफाइनलमा पाकिस्तान र हङकङबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । अन्तर्राष्ट्रिय टी-२० वरीयताका आधारमा पाकिस्तान सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले अब बंगलादेश र मलेसियाबीचको क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।
अब नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल भने भोलि हुनेछ । त्यस्तै बंगलादेश र मलेसियाबीचको क्वार्टरफाइनल पनि भोलि नै हुने तालिका छ ।
वर्षाका कारण लगातार खेल प्रभावित भएपछि बाँकी खेलका लागि मौसम सुधार हुने अपेक्षा गरिएको छ ।









