काठमाडौं । उदयपुर र बाँकेमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उदयपुरको कटारी नगरपालिका–५ लालपुरका ३५ वर्षीय समिर मगरलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षबाट उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो ।
त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–३का ३८ वर्षीय मानबहादुर कामीलाई २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार राति पक्राउ गरिएको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कामीलाई पक्राउ गरेको हो । दुवै घटनामा पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।









