काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९१ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४४३० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४३९० मा कारोबार भएको थियो ।









