• २०८३ असोज २१ बुधबार

चलचित्र विकास बोर्ड अध्यक्षमा ११ उम्मेदवार अन्तर्वार्ताका लागि छानिए

चलचित्र विकास बोर्ड अध्यक्षमा ११ उम्मेदवार अन्तर्वार्ताका लागि छानिए

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम तय भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता मन्त्रालयमै हुने भएको छ । पहिलो दिन असोज २५ गते शनिबार दुई समूहका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

समूह ‘क’मा अमर दिप सापकोटा, जयन्ती ओझा, जेनिस पहारी र डम्बरबहादुर बुढाथोकी रहेका छन् । उनीहरूको कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । त्यसपछि समूह ‘ख’का दिपा पाण्डे, नरेशकुमार के.सी. र नरेशकुमार पौडेलको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिउँसो १: ३० बजेदेखि ३ बजेसम्म हुनेछ।

त्यस्तै, २०८३ असोज २६ गते सोमबार समूह ‘ग’का निशा अधिकारी, भगवती कुमारी (मैनाली) उप्रेती, मनिष पण्डित र सुवास कोइरालाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहान ९ बजेदेखि ११ बजेसम्म हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उम्मेदवारहरूले तोकिएको समयभन्दा ३० मिनेटअघि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको स्लाइडसहित आवेदनका साथ पेस गरिएका सम्पूर्ण कागजातको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ । व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि १५ मिनेट र बाँकी समय अन्तर्वार्ताका लागि छुट्याइएको छ ।

कार्यक्रम सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरबारमा हुने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै