• २०८३ असोज २३ शुक्रबार

कांग्रेसको मतदान सम्पन्न

कांग्रेसको मतदान सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । 

शुक्रबार बिहान करिब ८ बजेदेखि शुरु भएको मतदान राति करिब १० बजे सकिएको हो । केन्द्रीय निर्वाचन समितिले ७ बजेसम्मको समय तोकेपनि त्यसको तीन घण्टा पछि राति १० बजे मतदान सकिएको समितिले जानकारी दिएको छ ।

महाधिवेशनमा कुल मतदाता ७ हजार ३१७ रहेकोमा ९६.२० प्रतिशत अर्थात ७ हजार ३९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । समितिले २७८ प्रतिनिधिले मतदान नगरेको जानकारी दिएको छ ।

मतदान सकिएसँगै निर्वाचन समितिले सभापतिको मतगणना केहीबेरमा शुरु गर्ने बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै