• २०८३ असोज २४ शनिबार

सर्लाहीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाहीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार बिहान नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मलंगवा नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उनको बिहान उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि म्याजिक चालक हरिपुर नगरपालिका–२ हरिपुर बजारका ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै